सरकारले गर्‍यो सांसदका ८७५ स्वकीय सचिव खारेज - Chaitanya News
  • 2025-11-08
  • 11:43:18
  • शनिबार,कार्तिक २३, २०८२
  • सरकारले गर्‍यो सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारले गर्‍यो सांसदका ८७५ स्वकीय सचिव खारेज

    काठमाडौँ– सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ।

    खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो। तर, यो निर्णयप्रति संघीय संसद् र सातै प्रदेश सभाका पदाधिकारी असन्तुष्ट देखिएका छन्।

    संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा छ। राष्ट्रिय सभा ५९ सदस्यीय छ। प्रतिनिधि सभा २७५ सदस्यीय छ। दुवै सभाको गरेर ३३४ सांसद रहेका छन्। सात वटै प्रदेशमा सांसदहरूको संख्या ५५० छ।

    संघ र सातै प्रदेशका सभाका सदस्यहरूको कूल संख्या ८८४ छ। यसमध्ये सरकारले सात प्रदेशका सात जना सभामुख र प्रतिनिधि सभाका सभामुखका साथै राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवको सुविधा खोसेको छैन। यो संख्या घटाउँदा ८७५ जना सांसदको स्वकीय सचिवको सुविधा खारेज भएको छ।

    भलै सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूको सर्वदलीय निर्णय गरेर प्रदेश सभा सदस्यको स्वकीय सचिवको सुविधा नरोक्ने भनेका छन्। तर, उक्त निर्णयले कानुनी मान्यता पाउने वा नपाउने निर्क्योल छैन।