खेलकुद मन्त्रालयले समयसीमा तोकेर तत्काल सुधार कार्ययोजना २०८२ सार्वजनिक (पूर्णपाठ) - Chaitanya News
  • 2026-05-13
  • 06:39:34
  • बुधबार,बैशाख ३०, २०८३
  • खेलकुद मन्त्रालयले समयसीमा तोकेर तत्काल सुधार कार्ययोजना २०८२ सार्वजनिक (पूर्णपाठ)

    खेलकुद मन्त्रालयले समयसीमा तोकेर तत्काल सुधार कार्ययोजना २०८२ सार्वजनिक (पूर्णपाठ)

    काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले समयसीमा तोकेर तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक गरेको छ। मन्त्रालयले विभिन्न समयसीमा राखेर १२ बुँदामा तत्काल सुधार कार्ययोजना’ सार्वजनिक गरेको हो।

    जसमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित नागरिकको गुनासो सुन्न र समाधान प्रयासका लागि गुनासो कक्ष स्थापना गर्ने उल्लेख छ। जसको समयसीमा ७ दिनको राखिएको छ।

    अन्तरास्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा मापदण्ड बमोजिम खुला प्रतियोगिता गराएर मात्र छनोट गर्ने कार्यविधि सार्वजनिक गर्न १५ दिनको समयसीमा तोकिएको छ।