बिहीबार नेप्से परिसूचक ०.०१ अंकले घट्यो - Chaitanya News
  • 2026-04-30
  • 12:52:13
  • बिहिबार,बैशाख १७, २०८३
  • बिहीबार नेप्से परिसूचक ०.०१ अंकले घट्यो

    बिहीबार नेप्से परिसूचक ०.०१ अंकले घट्यो

    काठमाडौं– बिहीबार नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ विन्दु हुँदा ‘क’ वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक १.७२ अंकले बढेर ३६७.०६ विन्दुमा पुग्यो।

    १३ उपसूचक समूहमध्ये आज अन्य समूह २.०४ प्रतिशत, म्युचल फण्ड ०.४ र बैंक ०.११ प्रतिशतले बढ्दा अन्य सबै समूह राताम्मे भए। होटल तथा पर्यटन समूह सबैभन्दा बढि २.२८ प्रतिशतले ओरालो लाग्यो।

    बजार स्थिरझैँ रहेपनि कारोबार भने १ अर्बभन्दा बढिको भयो। २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा आज १ अर्ब ११ करोड ९७ लाखभन्दा बढिको कारोबार भयो।

    यसमध्ये पनि सबैभन्दा बढि नेपाल टेलिकमको १४ करोडको कारोबार हुँदा दोस्रोमा एनआईसी एसिया बैंकको ५ करोड ६९ लाखको कारोबार छ।

    बजारमा खासै परिवर्तन आउन नसके पनि आज दुई कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतले कमाएका छन्। सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तमा आज सकारात्मक सर्किट लाग्यो।