लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिव पदका लागि विज्ञापन सार्वजनिक - Chaitanya News
  • 2026-08-25
  • 10:27:25
  • मंगलबार,भाद्र ०९, २०८३
  • लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिव पदका लागि विज्ञापन सार्वजनिक

    लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिव पदका लागि विज्ञापन सार्वजनिक

    काठमाडौँ– सहसचिव र उपसचिव पदहरूका लागि नयाँ विज्ञापन सार्वजनिक भएको छ। आज (बुधबार) लोक सेवा आयोगले सार्वजनिक गरेको सूचनामा विभिन्न सेवाका राजपत्रांकित पदहरूमा दरखास्त आह्वान गरेको जनाइएको छ।

    विज्ञापन अनुसार आयोगले निजामती सेवा र संघीय संसद सेवा अन्तर्गतका राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक र प्राविधिक) पदहरूका लागि आवेदन मागेको हो।

    त्यससँगै स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका पदहरू तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत द्वितीय श्रेणीका पदहरूमा समेत आवेदन खुला गरिएको छ।