मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता पुगे प्रदेश प्रमुख कार्यालयमा - Chaitanya News
  • 2026-05-10
  • 02:42:31
  • शनिबार,बैशाख २६, २०८३
  • मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता पुगे प्रदेश प्रमुख कार्यालयमा

    मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता पुगे प्रदेश प्रमुख कार्यालयमा

    जनकपुरधाम– मधेशमा लोकसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन्। ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन्।

    हिजो (मङ्गलबार) सतिश कुमार सिंहले पदबाट राजिनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी छन्।

    हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ। जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीचको छलफलमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेताहरुले बताएका छन्।

    मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी छ।