कोशी प्रदेशको बजेटमा २५ प्रतिशत कटौती - Chaitanya News
  • 2026-05-28
  • 14:50:17
  • बिहिबार,जेठ १४, २०८३
  • कोशी प्रदेशको बजेटमा २५ प्रतिशत कटौती

    कोशी प्रदेशको बजेटमा २५ प्रतिशत कटौती

    काठमाडौँ– कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

    आज (सोमबार) बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो।

    कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोका गर्न निर्णय गरिएको बताए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्नका लागि ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिएका छन्।

    कोशी प्रदेश सरकारले बजेटलाई पुनर्निर्माणमा लगाउने तयारी तीव्र रूपमा अघि सारेको छ।