सीटीईभीटीका उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा ४ मंसिरमा हुने - Chaitanya News
  • 2026-07-17
  • 02:48:05
  • बिहिबार,आषाढ ३२, २०८३
  • सीटीईभीटीका उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा ४ मंसिरमा हुने

    सीटीईभीटीका उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा ४ मंसिरमा हुने

    काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ।

    सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ।

    जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए। सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए।

    उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन्।