काठमाडौँ– ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन्।
पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन्।
वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए।
वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माणमा लाग्ने बताए।
‘सरकारको सतर्कतका कारण बढी मानवीय क्षति भएको छैन। इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृष्टि भएको छ। जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ। त्यो बाहेक अन्त क्षति भएको छैन,’ मन्त्री घिसिङले भने।
काठमाडौँबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए। पूर्वमा वर्षा जारी रहेको र भोलीसम्ममा त्यो पनि कम हुनसक्ने उनको अनुमान छ।