अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध आन्तरिक हवाई उडान पुनः सञ्चालन - Chaitanya News
  • 2026-07-14
  • 23:46:24
  • मंगलबार,आषाढ ३०, २०८३
  • अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध आन्तरिक हवाई उडान पुनः सञ्चालन

    अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध आन्तरिक हवाई उडान पुनः सञ्चालन

    काठमाडौँ– अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध आन्तरिक हवाई उडानहरू आज बिहानदेखि पुनः सुरु भएका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल भएका गन्तव्यहरूमा आन्तरिक उडान सञ्चालनमा आएको हो। अन्तर्राष्ट्रिय उडानहरू भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालनमा रहेका छन्।

    विमानस्थल कार्यालयका अनुसार आज बिहान काठमाडौँबाट नेपालगञ्ज र भद्रपुरका लागि उडान भइसकेको छ।

    पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको जनाउँदै कार्यालयले अन्य गन्तव्यहरूतर्फ पनि उडान सञ्चालन भइरहेको जानकारी दिएको छ।