आगामी तीन दिनका लागि लामो दूरीका सवारी सञ्चालनमा रोक - Chaitanya News
  • 2026-10-30
  • 17:41:28
  • शुक्रबार,कार्तिक १४, २०८३
  • आगामी तीन दिनका लागि लामो दूरीका सवारी सञ्चालनमा रोक

    आगामी तीन दिनका लागि लामो दूरीका सवारी सञ्चालनमा रोक

    काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

    भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् आउन सक्ने जोखिम रहेको भन्दै सम्भावित क्षति न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी तथा काठमाडौँ उपत्यकामा प्रवेश र बाहिरिने सवारी आवतजावतका लागि रोक लगाइएको प्राधिकरणले स्पष्ट पारेको छ।

    प्राधिकरणले सूचना जारी गर्दै सो अवधिमा सवारी सञ्चालन नगर्न अनुरोध गरेको हो।