‘संविधानको रक्षा गरौं’ भन्दै पापडले निकाल्यो र्‍याली - Chaitanya News
  • 2026-05-10
  • 07:15:07
  • आइतबार,बैशाख २७, २०८३
  • ‘संविधानको रक्षा गरौं’ भन्दै पापडले निकाल्यो र्‍याली

    ‘संविधानको रक्षा गरौं’ भन्दै पापडले निकाल्यो र्‍याली

    काठमाडौं– शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले संविधान रक्षाको आह्वान गर्दै शान्ति र्‍याली निकालेको छ।

    आज (शुक्रबार) संविधान दिवसको अवसरमा माइतीघर मण्डलाबाट र्‍याली सुरु भएको हो।

    र्‍यालीमा सहभागीहरुले ‘संविधानको रक्षा गरौं’, ‘शान्ति स्थापना गरौं’, ‘सुशासन कायम गरौं,’ लेखिएका प्लेकार्ड बोकेका छन्।