पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले, सुरक्षा व्यवस्था कडा - Chaitanya News
  • 2026-06-25
  • 08:45:31
  • बिहिबार,आषाढ ११, २०८३
  • पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले, सुरक्षा व्यवस्था कडा

    पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले, सुरक्षा व्यवस्था कडा

    काठमाडौँ– नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन्।

    शीर्ष नेताको सहभागिता रहने भएपछि सो क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो।

    कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सम्बोधन गर्ने तयारी छ। ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए।