धनगढी पार्क अगाडीको सडकलाई जेनजी मार्ग नामाकरण गर्ने मेयर हमालको घोषणा - Chaitanya News
  • 2026-05-21
  • 17:23:05
  • बिहिबार,जेठ ०७, २०८३
  • धनगढी पार्क अगाडीको सडकलाई जेनजी मार्ग नामाकरण गर्ने मेयर हमालको घोषणा

    धनगढी पार्क अगाडीको सडकलाई जेनजी मार्ग नामाकरण गर्ने मेयर हमालको घोषणा

    धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढीको एक प्रमुख सडकलाई ‘जेन्जी मार्ग’ नामाकरण गर्ने घोषणा गरेका छन्।

    मेयर हमालले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा घोषणा गर्दै भनेका छन् “जेन्जी आन्दोलनमा शहीद भएका वीर आत्माहरूको सम्मानमा यो महत्वपूर्ण कदम चालिएको हो। उनका अनुसार धनगढी–१ स्थित जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडकखण्ड जुन क्षेत्रमा उपमहानगरपालिकाद्वारा सञ्चालित महिला उद्यम बजार समेत छ , सो सडकलाई ‘जेन्जी मार्ग’ नाम दिन लागिएको हो।

    मेयर हमालले नगरवासीहरूलाई अबदेखि सो सडकलाई “जेन्जी मार्ग“ भनेर सम्बोधन गर्न अपिलसमेत गरेका छन्। धनगढी उपमहानगरपालिकाले यो निर्णय कार्यपालिका बैठकबाट पारित गरेपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।