यस्तो छ सुरक्षाको कमाण्ड सेनाले लिएपछिको काठमाडौंको अवस्था - Chaitanya News
  • 2026-11-09
  • 14:14:50
  • सोमबार,कार्तिक २४, २०८३
  • यस्तो छ सुरक्षाको कमाण्ड सेनाले लिएपछिको काठमाडौंको अवस्था

    यस्तो छ सुरक्षाको कमाण्ड सेनाले लिएपछिको काठमाडौंको अवस्था

    काठमाडौँ– जेनजीको आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीको घटनासँगै अवस्था नियन्त्रणबाहिर पुगेसँगै सुरक्षाको सम्पूर्ण कमाण्ड गएराति १० बजेदेखि नेपाली सेनाले लिएको छ।

    राजधानीका सडकमा सेना छन् भने सेनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सघाएको छ। सेनाले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ।