प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक - Chaitanya News
  • 2026-05-10
  • 09:17:03
  • आइतबार,बैशाख २७, २०८३
  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन्। देशभर जेन जेडको आन्दोलन चर्किँदै जाँदा ६ बजे बस्ने गरी बैठक डाकिएको हो।

    एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःखी भएको बताएका छन्।

    ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो।

    उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु। त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्।