काठमाडौँ– आज (मंगलबार) सुनको मूल्य तोलामा २ लाख १५ हजार रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य ३ हजार १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ पुगेको हो।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको हो।