काठमाडौं– विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नागरिक माथि बर्बर दमन गरेको उल्लेख गर्दै सरकारी रबैया अस्विकार्य भएको बताएका छन्। साथै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने ठहर बैठकले गरेको छ।
आज (मंगलबार) बिहान प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने ठहर गरेको हो।
बैठकका निर्णयबारे जानकारी गराउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘यो सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्दछ।’
विपक्षी दलले हिजोको घटनालाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेका छन्। युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।
युवाहरुले उठाएको यो आन्दोलनलाई कुनै दलले आफ्नो निहित स्वार्थमा प्रयोग गर्न नहुने पुनले बताए।