एक दिन पनि सरकारको साझेदार हुन सकिंदैन : महामन्त्री थापा - Chaitanya News
  • 2026-05-10
  • 10:15:52
  • आइतबार,बैशाख २७, २०८३
  • एक दिन पनि सरकारको साझेदार हुन सकिंदैन : महामन्त्री थापा

    एक दिन पनि सरकारको साझेदार हुन सकिंदैन : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन्।

    महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गरेका छन्।

    ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।’