ललितपुरमा कर्फ्यू जारी - Chaitanya News
  • 2026-11-09
  • 15:15:36
  • सोमबार,कार्तिक २४, २०८३
  • ललितपुर– ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

    ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।

    जेन जेडले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ।