जेनजीहरूको प्रदर्शन, मृतकको संख्या १४ पुग्यो - Chaitanya News
  • 2026-06-25
  • 15:10:42
  • बिहिबार,आषाढ ११, २०८३
  • जेनजीहरूको प्रदर्शन, मृतकको संख्या १४ पुग्यो

    जेनजीहरूको प्रदर्शन, मृतकको संख्या १४ पुग्यो

    काठमाडौं– सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ।

    सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो। यो सैगै मृत्यु हुनेको सङख्या १४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

    दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो।

    ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो।

    घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन।