संसद्को दुई नम्बर गेटमा जेन जेड प्रदर्शनकारीले गरे आगजनी, प्रहरीले चलाए गोली - Chaitanya News
  • 2026-06-25
  • 15:09:03
  • बिहिबार,आषाढ ११, २०८३
  • संसद्को दुई नम्बर गेटमा जेन जेड प्रदर्शनकारीले गरे आगजनी, प्रहरीले चलाए गोली

    संसद्को दुई नम्बर गेटमा जेन जेड प्रदर्शनकारीले गरे आगजनी, प्रहरीले चलाए गोली

    काठमाडौँ– जेन जेड प्रदर्शनकारीहरूले संसद् भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन्। जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यु आदेश जारी भइसकेको छ। प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ।

    प्रदर्शनकारीले ढुंगामुढासहित संसद् भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए। अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन्।