काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी - Chaitanya News
  • 2026-11-09
  • 16:15:27
  • सोमबार,कार्तिक २४, २०८३
  • काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौँ– काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ। जेन जेडहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गरेको हो।

    माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो। त्यहाँबाट पनि पर्खाल नाघेर संसद् भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

    अवस्था तनावपूर्ण भएपछि अहिले कर्फ्यु आदेश जारी भएको हो।

    यसैबिच जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन्। उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए। सो क्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ।