काठमाडौं– सरकारले दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेको पाँच दिन भयो।
यसप्रति नागरिकस्तरमा आक्रोश छ। जेनजीले देशभर प्रदर्शन नै गरेर सरकारको ध्यानाकर्षण गरेका छन्।
तर, समामाजिक सञ्जाल बन्द्रप्रति संसद् र संसदीय समितिहरू मौन रहेका छन्।
सभामुख देवराज घिमिरेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो रोखका छन्।
संसद् सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिएका छन्।
तर, सामाजिक सञ्जाल बन्दको विषयमा भने संसद् र संसदीय समितिमा कुनै प्रकारको छलफल भएको छैन। कुनै पनि समितिले यो विषयलाई विषय मानेर छलफल गर्न आवश्यक ठानेका छैनन्।
प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति नै छ। यो समितिले पनि सामाजिक सञ्जाल बन्दप्रति चासो राखेको छैन।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा विष्यागत समिति छन्। दुई वटा संयुक्त समिति छ । १६ वटै समितिले सामाजिक सञ्जाल बन्दको विषयलाई छलफलको विषय बनाएका छैनन्।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा पनि यो विषय एजेण्डाको रुपमा प्रस्तुत भएको छै । आज दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै । प्रतिनिधिसभाको बैठक पर्सि बस्दैछ।