महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा - Chaitanya News
  • 2026-11-09
  • 17:06:07
  • सोमबार,कार्तिक २४, २०८३
  • महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा

    महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा

    काठमाडौँ– महिला सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलन भोलि (सोमबार) देखि काठमाडौँमा सुरु हुने भएको छ।

    महिला सरकारी वकिलको सशक्तीकरणस् फौजदारी न्याय प्रणालीको सुदृढीकरणु भन्ने नाराका साथ महान्यायाधिवक्ताको कार्यालयले यो दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा सहन्यायाधिवक्ता मीना गुरुङले दिएको जानकारीअनुसार, भोलि (सोमबार) र पर्सि (मंगलबार) सम्म चल्ने यस सम्मेलनमा देशभरका महिला सरकारी वकिलहरूको सहभागिता रहनेछ।

    सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ र त्यसपछि घोषणापत्र जारी गरिनेछ।

    सम्मेलनले महिला सरकारी वकिलहरूको पेसागत क्षमता अभिवृद्धि, नेतृत्व विकास र लैङ्गिक समानता लगायतका विषयमा छलफल गर्ने सहन्यायाधिवक्ता गुरुङले बताएकी छिन्।