आजदेखि नेपाल–चीन संयुक्त सैन्य अभ्यास सुरु हुँदै - Chaitanya News
  • 2026-05-29
  • 00:13:30
  • बिहिबार,जेठ १४, २०८३
  • आजदेखि नेपाल–चीन संयुक्त सैन्य अभ्यास सुरु हुँदै

    आजदेखि नेपाल–चीन संयुक्त सैन्य अभ्यास सुरु हुँदै

    हेटौंडा– आज (आइतबार) देखि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास सुरु हुँने भएको छ। नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो।

    यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ। अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ।

    नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुने जानकारी दिए।

    नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रोपटक हो। नेपालमा २०७४ साल वैशाखमा पहिलोपटक चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको थियो।

    २०७५ सालमा चीनको छेन्दुमा र २०७६ सालमा नेपालमा भएको थियो।

    त्यसपछि बीचमा कोभिड महामारीका कारण सैन्य अभ्यास आयोजना हुन सकेको थिएन।

    नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।