झापा इनर्जीको आईपीओ आजदेखि बिक्री खुला - Chaitanya News
  • 2026-09-09
  • 17:47:05
  • बुधबार,भाद्र २४, २०८३
  • झापा इनर्जीको आईपीओ आजदेखि बिक्री खुला

    झापा इनर्जीको आईपीओ आजदेखि बिक्री खुला

    काठमाडौँ– झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

    कम्पनीको कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो।

    आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ। कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ।

    न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिनेछ।