आजदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदै, कर्ण थापाको फरक मत पेस गरिँदै (पूर्णपाठ) - Chaitanya News
  • 2026-05-10
  • 10:15:51
  • आइतबार,बैशाख २७, २०८३
  • आजदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदै, कर्ण थापाको फरक मत पेस गरिँदै (पूर्णपाठ)

    आजदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदै, कर्ण थापाको फरक मत पेस गरिँदै (पूर्णपाठ)

    काठमाडौं– आज (शुक्रबार) देखि नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने विधान अधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन्।

    उक्त महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि पेस हुँदै छ। थापाले ७० वर्षे उमेर हद र २ कार्यकाल कायम राख्नुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने, पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने लगायतका विषय समेटेर फरक मत लग्ने भएका हुन्।

    बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्विकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। खासगरी एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने भनिरहेका बेला थापाले भण्डारीलाई रोक्न नहुने बताउँदै आएका छन्।