आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 21:38:35
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भू–भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै महाशाखाका अनुसार,आज राति देशभर साधरणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको छ, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।