काठमाडौँ– आज (शुक्रबार) साँझ ५ः१५ बजे संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक बस्ने तय भएको छ ।
बैठक कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बस्नेछ । बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ।
सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ।