काठमाडौँ– आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई हजारले बढेर दुई लाख ७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन तोलामा दुई लाख ५ हजार नौ सय रुपैयाँमा कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार २ हजार ४८५ रुपैयाँमा कायम भएको थियो।