यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 21:35:39
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    दिउँसो पनि कोशी, बागमती, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी पहाडी र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही , बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका थोरै र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।