आज दुई संसदीय समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-11-09
  • 23:40:59
  • सोमबार,कार्तिक २४, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची

    आज दुई संसदीय समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (सोमबार) आज दुई संसदीय समितिको बैठक बस्दै छन् ।

    जसअनुसार, बिहान ११ः३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ का सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची तय भएको छ।

    यस्तै, बिहान ११ः३० बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यक्रम रहेको छ।