काठमाडौँ– नौ जना सहसचिवहरूको सरुवा भएको छ। भदौ १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।
जसअनुसार संघीय तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको छ। यसमध्ये कतिपयको हकमा अत्यन्तै छोटो अवधिमै फेरबदल गरिएको चर्चा समेत चलेको छ।