पहिलो पटक अपी हिमाल आरोहण गर्न १५ सदस्यीय टोली प्रस्थान - Chaitanya News
  • 2026-04-30
  • 18:54:48
  • बिहिबार,बैशाख १७, २०८३
  • पहिलो पटक अपी हिमाल आरोहण गर्न १५ सदस्यीय टोली प्रस्थान

    पहिलो पटक अपी हिमाल आरोहण गर्न १५ सदस्यीय टोली प्रस्थान

    काठमाडौँ-  सुदूरपश्चिम प्रदेशको दार्चुलामा अवस्थित अपी हिमालको पहिलो पटक आरोहणका लागि १५ सदस्यीय टोली शुक्रवार प्रस्थान गरेको छ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले आरोहण टोलीलाई शुभकामना दिँदै बिदाइ गरेका हुन्।

    मन्त्री पाण्डेले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र गौरवमय क्षण भएको भन्दै यस अभियानले मुलुककै पर्यटन र पर्वतारोहण क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे। उनले भने, “शेर्पा तथा गैर–शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमाल रोहणलाई अझै उचाइमा पु¥याउनेछ, साथै यसले स्थानीय सहकार्य र पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ।”

    हालै सरकारले राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण औपचारिक रूपमा सुरु भएको हो।

    अपी गाउँपालिकाबाट समेत सहभागी टोलीमा १५ जना आरोही रहेका छन्। जोखिमपूर्ण भए पनि स्थानीयलाई समेत अभियानमा संलग्न गरिनु प्रदेशको पर्यटन, रोजगारी र आर्थिक अवसरलाई टेवा पु¥याउने पहलका रूपमा हेरिएको छ।

    विशेषज्ञहरूको भनाइमा, अपी हिमाल आरोहणले सुदूरपश्चिमलाई नयाँ साहसिक गन्तव्यका रूपमा चिनाउनेछ र हिमाल पर्यटनमार्फत क्षेत्रीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।