सुनको मूल्य नयँ रेर्कर्ड, तोलाको २ लाख ६ सय रुपैयाँ - Chaitanya News
  • 2026-09-10
  • 19:52:06
  • बिहिबार,भाद्र २५, २०८३
  • सुनको मूल्य नयँ रेर्कर्ड, तोलाको २ लाख ६ सय रुपैयाँ

    सुनको मूल्य नयँ रेर्कर्ड, तोलाको २ लाख ६ सय रुपैयाँ

    काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज( शुक्रबार) सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बिहीबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कायम भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको थियो।