राष्ट्रिय अनुसन्धान विभागले माग्यो ९० जना कर्मचारी, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-11-10
  • 23:59:27
  • मंगलबार,कार्तिक २५, २०८३
  • राष्ट्रिय अनुसन्धान विभागले माग्यो ९० जना कर्मचारी, हेर्नुहोस् सूचना

    राष्ट्रिय अनुसन्धान विभागले माग्यो ९० जना कर्मचारी, हेर्नुहोस् सूचना

    काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि ९० जना कर्मचारी मागेको छ।

    आज (शुक्रबार) विभागले एक सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो।

    विभागले अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना मागेको हो।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि असोज १२ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।