काठमाडौँ– जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बालनरसिंह राणालाई फिर्ता बोलाउने निर्णय गरिएको छ। प्रहरी प्रधान कार्यालयले राणालाई बुधवार राति ९ बजे फिर्ता बोलाउने निर्णय लिएको हो। उनलाई उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरिएको छ।
कैलालीको प्रहरी प्रमुखमा एसपी नरेन्द्र चन्दलाई पठाइएको छ। चन्द केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थिए। साउन २३ मा कैलाली कारागारमा झडप हुँदा एक जना कैदीको मृत्यु भएको थियो। सो घटनामा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै गृह मन्त्रालयले तत्कालीन प्रजिअ गोगनबहादुर हमाललाई जिम्मेवारीबाट हटाएको थियो।
साउन २८ मा हमाललाई हटाएर गृह मन्त्रालयले कृष्णप्रसाद लम्साललाई कैलालीको प्रजिअको जिम्मेवारी दिएको थियो।