गृहले गर्‍यो आधा दर्जन उपसचिवहरूको सरुवा - Chaitanya News
  • 2026-11-11
  • 01:39:58
  • मंगलबार,कार्तिक २५, २०८३
  • गृहले गर्‍यो आधा दर्जन उपसचिवहरूको सरुवा

    गृहले गर्‍यो आधा दर्जन उपसचिवहरूको सरुवा

    काठमाडौँ– गृह मन्त्रालयले आधा दर्जन उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले उपसचिवहरू चोमेन्द्र न्यौपानेलाई कारागार विभाग, कल्पना घिमिरेलाई कसुरजन्य विभाग, बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्सा, खिमलाल भुसाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा गरिएको छ।

    यसैगरी उपसचिव द्वय तेजराज शर्मालाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी र गंगाबहादुर क्षेत्रीलाई पर्वतको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।