काठमाडौँ– आज (बुधबार) संघीय संसद्का तीन वटा समितिको बैठक बस्ने तय भएको छ।
जसअनुसार, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । यद्यपि, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन्।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यसूची तय भएको छ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको छ ।