लोकसेवा उपयोगी सामग्री [४०] - Chaitanya News
  • 2026-06-05
  • 08:08:30
  • शुक्रबार,जेठ २२, २०८३
  • लोकसेवा उपयोगी सामग्री [४०]

    लोकसेवा उपयोगी सामग्री [४०]

    प्रश्नः विद्धुतीय शासन भनेको के हो? विद्धुतीय शासनका लागि के कस्ता पूर्वाधार आवश्यक हुन्छन? नेपालले विद्धुतीय सुशासनका लागि कस्ता कदमहरु चाल्नुपर्छ? (३+२+५)
    उत्तरः
                                                                     विद्धुतीय शासनः
    शासकीय गतिविधी संचालन गर्ने सिलसिलामा विद्धुतीय सूचना र संचार माध्यमको प्रयोग गरिनु नै विद्धुतीय शासन हो। शासन व्यवस्थामा सेवा प्रदायक निकाय र सेवाग्राही बिच विद्धुतीय माध्यमबाट सम्पर्क राख्ने र सूचना आदान- प्रदान गर्ने पद्धति हो विद्धुतीय शासन। विद्धुतीय शासनमा कम्प्युटर, विभिन्न निकायका वेबसाईट, ईन्टरनेट, ईमेल, फ्याक्स, टेलिफोन जस्ता विद्धुतीय उपकरण/ सेवाहरु माध्यम हुन्छन। यो faceless governance हो; अर्थात कमभन्दा कम मानव साधनको प्रयोग गरी बढीभन्दा बढी उत्पादन गर्ने माध्यम हो। विद्धुतीय माध्यम र संजाल (Network) को महत्तम उपयोग गरी शासन संचालन गर्नु अर्थात सेवा प्रवाह गर्नु वर्तमान समयको आवश्यकता हो। विद्धुतीय शासनले सुशासनलाई प्रबर्धन गर्छ। भनिन्छ, Bad governance can be converted into good governance through e- governance।

    विद्धुतीय शासनका पूर्वाधारः
               विद्धुतीय शासनको सफलताका लागि पूर्वाधारको पूर्णता हुन अनिवार्य छ। केही पूर्वाधारहरु यस्ता छनः
    – भौतिक पूर्वाधार (मेशिनरी)
    – मानवश्रोत
    – सुदृढ संगठन
    – कानूनी पृष्ठपोषण/ कानूनी मान्यता
    – आर्थिक श्रोत साधन
    – संस्कार- चासो र रुची (e- Readiness)
    – विद्धुतीय जालो (e- Connectivity)

    चाल्नुपर्ने कदमहरुः
    – विद्धुतीय शासन सम्बन्धमा समय सान्दर्भिक ऐन तथा नियमावलीको तर्जुमा र प्रभावकारी कार्यान्वयन गर्ने।
    – संस्थागत सक्षमता सुधारमा जोड दिने।
    – विद्धुतीय माध्यमको प्रयोग सजिलो बनाउने, सबैको पहुँचयोग्य बनाउने।
    – सम्बद्ध सबै सरोकारवालाको उपस्थिती सुनिश्चित गर्ने।
    – सेवा प्रदायक र सेवाग्राही दुवैमा e- Literacy प्रबर्धन गर्ने।
    – विद्धुतीय कारोबारमा सुरक्षा मजवुत वनाउने।
    – सेवा प्रवाहमा प्राथमिक रुपमा विद्धुतीय माध्यमको प्रयोग गर्ने।
    – विद्धुतीय शासनमा उच्च सरकारी प्राथमिकता र लगानी अभिवृद्धि गर्ने।
    – सरकारका नीति कार्यक्रम, योजना र बजेटमा यसको व्यवहारीक प्रयोगको मार्ग प्रशस्त गर्ने।

    निश्कर्षः
    नेपालमा विद्धुतीय शासनको प्रयोगको संस्कार बढ्दो छ। सूचना तथा संचार क्षेत्रमा विश्वले मारेको फड्कोसँगै हामी पनि यसको प्रयोग नगरी बस्न सक्दैनौ। अतः सुशासनका लागि विद्धुतीय शासनको प्रभावकारी अभ्यासको विकल्प छैन। विद्धुतीय शासन निरन्तरको प्रकृया भएकाले पनि प्रयोगमा नक्कल मात्र नगरी स्वदेशी सृजनशीलता प्रबर्धन गर्नु अनिवार्य छ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100