उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेट - Chaitanya News
  • 2026-11-11
  • 06:57:38
  • बुधबार,कार्तिक २६, २०८३
  • उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेट

    उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेट

    काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले भेट गेकी छन् । हिजो (शनिवार) काठमाडौँ आएकी सुआनले आज (आइतबार) बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन्।

    नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा उनी तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्।

    उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले शनिवार नेपाल आएकै दिन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन्।