‘ठूला दलहरूले नै संविधान संशोधनको कुरा गर्छन् छलफल छैन’: पूर्वराष्ट्रपति भण्डारी - Chaitanya News
  • 2026-06-25
  • 17:10:37
  • बिहिबार,आषाढ ११, २०८३
  • ‘ठूला दलहरूले नै संविधान संशोधनको कुरा गर्छन् छलफल छैन’: पूर्वराष्ट्रपति भण्डारी

    ‘ठूला दलहरूले नै संविधान संशोधनको कुरा गर्छन् छलफल छैन’: पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौँ– पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको बताएएकी छन्।

    आज (बिहीबार) मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद् नै निरीह थलो बनेर बसिरहेको बताइन्।

    उनले भनिन्, ‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन। पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए। संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन्। तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ। के गर्‍यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन। कुनै व्यक्तिलाई आरोप लाग्ने बित्तिकै निलम्बित भइहाल्छ बोल्न पाउँदैनन्। आरोप पुष्टि भएको छैन। यही हो न्याय ?’

    उनले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न उठाइन्।