‘बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन’ : महामन्त्री थापा - Chaitanya News
  • 2026-05-10
  • 11:26:29
  • आइतबार,बैशाख २७, २०८३
  • ‘बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन’ : महामन्त्री थापा

    ‘बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन’ : महामन्त्री थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती काँग्रेसले मात्रै समाधान गर्न सक्ने बताएका छन्।

    आज (बुधबार) प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए।

    उनले भने, ‘चुनाव जित्ने आकांक्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ। तर, सबै कुरा त्यो होइन। सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । काँग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ। त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन।

    उनले लोकतन्त्रमा सङ्ख्याको आधारमा निर्णय गर्न पाइने बताए।

    उनले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन। सङ्ख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ। संसद्मा होस् वा पार्टीमा। पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरे पनि आम पार्टी पङ्क्तिले स्विकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ। सबैले स्वीकारे मात्रै वैध हुन्छ।’