आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री आलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने - Chaitanya News
  • 2026-06-25
  • 17:10:28
  • बिहिबार,आषाढ ११, २०८३
  • आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री आलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

    आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री आलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

    काठमाडौँ– आज (बुधबार) दिउँसो १ बजे संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

    बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

    बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।