आज राष्ट्रिय सभाको बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक प्रस्तुत गरिने - Chaitanya News
  • 2026-05-10
  • 12:25:57
  • आइतबार,बैशाख २७, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक प्रस्तुत गरिने

    आज राष्ट्रिय सभाको बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक प्रस्तुत गरिने

    काठमाडौँ– आज (मंगलबार) दिउँसो १ः१५ बजे बजे संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने तय भएको। बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

    आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।