निजामती विधेयकमाथि समितिमा छलफल सुरु, भदौ १७ भित्र पारित गर्ने तयारी - Chaitanya News
  • 2026-05-24
  • 08:12:31
  • आइतबार,जेठ १०, २०८३
  • निजामती विधेयकमाथि समितिमा छलफल सुरु, भदौ १७ भित्र पारित गर्ने तयारी

    निजामती विधेयकमाथि समितिमा छलफल सुरु, भदौ १७ भित्र पारित गर्ने तयारी

    काठमाडौँ–प्रतिनिधि सभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आज (सोमबार)देखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आजदेखि सैद्धान्तिक छलफल सुरु भएको हो।

    आजबाट सुरु भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयको टिम सहभागी छ।

    प्रतिनिधि सभाबाट पारित भएको २ महिनाभित्र राष्ट्रिय सभाबाट समेत विधेयक पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ।

    सैद्धान्तिक छलफल सकिएपछि अर्को बैठकबाट दफावार छलफल सुरु हुने विधायन व्यवस्थापन समितिले जनाएको छ।