काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् । आज (सोमबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताएकी हुन्।
उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु।’ उनले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै भएको दाबी गरिन्।
उनले भनिन्, ‘राष्ट्रपतिबाट फर्किएपछि आफूले एमालेको सङगठित सदस्यको नवीकरण गरेको दाबी गरिन्।’ भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको बताएकी छन्।