खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचि - Chaitanya News
  • 2026-05-24
  • 08:13:00
  • आइतबार,जेठ १०, २०८३
  • खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचि

    खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचि

    काठमाडौँ– लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

    आज (सोमबार) काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गरी खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

    लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८०८/०८०-८१ (खुला) नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।

    यस्तै, लोक सेवा आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३४६-१७३५१/०८१-८२ (खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, ज.हे.स. समूह, आठौँ तह, मेडिकल अधिकृत पदमा पनि उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ।