नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुग्यो - Chaitanya News
  • 2026-05-30
  • 15:29:40
  • शनिबार,जेठ १६, २०८३
  • नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुग्यो

    नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुग्यो

    काठमाडौँ– नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ ।

    आज (आइतबार) नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय मेगावाट नाघेको हो।

    प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ।

    राष्ट्रिय विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत रहेको छ।

    स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान भने ५५ प्रतिशत रहेको देखिएको छ। ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको समेत प्राधिकरणले जनाएको छ।

    आर्थिक वर्ष २०८१–८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । अघिल्लो वर्षको तुलनामा ग्राहक सङ्ख्या ४.६ प्रतिशतले बढेर ५७.१ लाख पुगेको समेत प्राधिकरणको तथ्यांकले देखाएको छ।

    राष्ट्रिय ग्रिड पहुँच ९८ प्रतिशत पुगेको । अघिल्लो वर्षको तुलनामा विद्युत चुहावट ०.४७ प्रतिशतले घटेर १२.२६ प्रतिशत कायम भएको समेत प्राधिकरणको तथ्यांक छ।