काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वर्षमा तीन दर्जन ऐन, कानूनहरु संशोधन भएको बताएका छन्।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफु प्रधानमन्त्री भएपछि एक वर्षमा तीन दर्जन ऐन, कानूनहरु संशोधन भएको बताएका हुन् ।
यस्तै उनले यसले देशमा सुशासन प्रवद्र्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण वनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको समेत बताए।
आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरु ल्याएको प्रधानमन्त्रीको दाबी छ। यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको बताए। अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको उनले बताए। गतवर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र रहेकोमा सरकारको कार्यकालको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको उनकव भनाई छ।